fbpx

हिउँदे अधिवेशन पुस ११ गतेका लागि आह्वान



नेपालबहस संवाददाता
 




काठमाडौं । संघीय संसदको हिउँदे अधिवेशन पुस ११ गते सुरु हुने भएको छ । मन्त्रिपरिषद बैठकले पुस ११ गते संसद अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो ।

सोही अनुसार आज राष्ट्रपति भण्डारीले पुस ११ गते दिउँसो ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी छन्।

संविधानको धारा ९३ को उपधारा १ बमोजिम पुस ११ गते संघीय संसदको दुबै सदनको अधिवेशन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ वानेश्वरमा अधिवेशन बोलाइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।


सम्बन्धित समाचार