fbpx

पुस मसान्तभित्र वित्त आयोग बन्ने



नेपालबहस संवाददाता
 




काठमाडौं । आगामी पुस मसान्तभित्र वित्त आयोग गठन हुने भएको छ । प्रदेशका समस्या समाधानका लागि गठित कार्यदलले संघीय कार्यान्वयन सहजीकरण कार्ययोजना तयार पार्दै माघभित्र प्रदशको अधिकार सूची गर्नु पर्ने प्रस्ताव गरेको छ।


परिषद्को सिंहदरवारमा बसेको बैठकले गृहमन्त्री रामबहादुर थापा  नेतृत्वको कार्यदलले पेश गरेको संघीय कार्यान्वयन सहजीकरण कार्ययोजना पास गर्दै कार्ययोजना तय गरेको हो ।कार्ययोजनामा पुस मसान्तभित्र वृत्त आयोग बनाइने उल्लेख छ ।

त्यस्तै, माघभित्र प्रदेशको अधिकार सूची र कार्य जिम्मेवारीअनुसार हन्तान्तरण हुन बाँकी संगठन संरचना हस्तान्तरण गरिने छ । बाँकी कानुनहरु चैत मसान्तभित्र बनाइसक्ने कार्ययोजनामा रहेको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बताए ।


सम्बन्धित समाचार