fbpx

यी खानेकुरा एकसाथ खाँदा स्वास्थ्यमा देखिने असरबारे आयुर्वेदले यसो भन्छ :-



नेपालबहस संवाददाता
 




१. घ्यू र मह समान भागमा नखानु, यसले मिर्गौला, कलेजो र हृदयमा आघात पु¥याउँछ ।
२. महलाई तातो भोजन संयोजनमा नमिलाउनु साथै महलाई नतताउनु । महलाई हल्कारूपमा तताउनाले पनि त्यसमा भएका अत्यावश्यक जीवनदायी अमृततत्व नाश भएर जान्छन् । साथै अमृततत्वको विपरित विषाक्ततत्व विकास भएर आउँछ ।
३. मह, दही, रक्सी र भलायोको साथमा गरम आहारको सेवन मनाही गरिएको छ ।
४. मह र कमलबीज एकसाथ नखानु तर औषधीको रूपमा कुनै योगमा अत्यन्त मात्रामा प्रयोग गरेको खण्डमा हानी गर्दैन ।
५. खीर र खिचडी एकैपटक नखानु ।
६. खीर दूधका अन्य परिकारको साथमा मासु खान हुँदैन । माछा, मासु र दूध संयोगविरुद्ध हुन्छ ।
७. दूध र दही एकैपटक नखानु वा दूध दही मिलाएर नखानु ।
८. भूइँकटहर र जामुनजस्ता फलफुलको साथमा दूध नपिउनु तर अन्य गुलियो फलफूलको साथमा दूध स्वस्थ्यकर र लाभदायक हुन्छ ।
९. कोदो, मुङ, मास, गहतजस्ता अन्नको साथमा दूध नपिउनु ।
१०. मूला, धनियाँ, लसुनको साथमा दूध नपिउनु । मूला र दूधको लामो समयसम्म प्रयोगले विभिन्न प्रकारका रोग तथा कुष्ठरोग उत्पन्न हुनसक्छ ।
११. नुन, तेल, सुकाएको साग र वर्षाको पानीको साथमा दूध र दूधबाट बनेको परिकार सेवन गर्नु हुँदैन ।
१२. तुलसी र अंकोल (शीतल चिनी) को साथमा दूध लामो समयसम्म प्रयोग गर्नाले छालाको रोग हुन्छ ।
१३. शारीरिक परिश्रमपश्चात तत्काल भोजन वा दूध पिउनु हानिकारक हुन्छ ।
१४. खीर खाइसकेपछि तत्काल वा खीर खाएको ४ घण्टा नबित्दै पानीमा सातु घोलेर पिउनाले बिष जस्तै किनभने यसले कफलाई अत्यन्त दुषित गर्दछ ।
१५. काँचो केराको तरकारी र दही प्रयोग गर्नुहुँदैन । यस्ता आहारको संयोजनले तत्काल वा केही समयपछि वमन हुने सम्भावना अत्याधिक हुन्छ ।
१६. काँचो सागपात, काँचो चनाको दाल वा चना खाइसकेपछि तत्काल दूध वा पानी पिउनाले पाचन प्रणालीमा असर पैदा हुन्छ ।


१७. बाल्यकालदेखि भेंडाको दूध नखाई ठूलो भैसकेपछि मात्र भेंडाको दूध, घ्यू, खानाले हृदयरोग हुने सम्भावना अधिक हुन्छ ।
१८. कुखुराको मासु र दही एकसाथ खानु हुँदैन ।
१९. बडहरको पाकेको फलको साथमा दही, मासको दाल, घ्यू, मह र सख्खर बिष समान हुन्छ । कतिपय अवस्थामा मृत्युपनि हुनसक्दछ ।
२०. सुँगुर, बङ्गुर र माछाजस्ता प्राणीहरूको मासूसँग मह, गुँड, तिल, दूध, मूला, मास र अङ्कुरित अन्न बिष समान हुन्छ ।
२१. माछासँग दूध बिष समान हुन्छ । किनभने दूध शीतवीर्य हुन्छ र माछा उष्णवीर्य हुन्छ । यसकारण वीर्यमा परस्परविरुद्ध भएको कारणले हानी गर्दछ ।
२२. मूलाको सागमा मख्खन मिलाएर खानु हुँदैन । सकेसम्म नौनी सबै प्रकारको अमिलो पेय एवम् ठोस भोजनको साथमा वा त्यस्ता भोजनहरू खाएको ३ घण्टाभन्दा पहिले दूध वा दूधबाट बनेका परिकारहरू खानु बिष समान हुन्छ । दूधको साथमा हल्का अम्ल–फलपूmल पनि नखानु राम्रो हुन्छ । परस्पर रस विरोधी भएको कारणले बिष समान हुन्छ ।
२४. कमलको मूलको तरकारीको साथमा दूध र मह खानु परस्पर विरोधी हुन्छ । कमलको जरा वा रस मिलाएर बनाएका औषधीहरू महमा चाटनाले वा दूधसँग पिउनाले हानी गर्दैन ।
२५. तोरीको तेलमा पकाईएको परेवाको मासुको साथमा दूध र महको संयोग बिष समान हुन्छ ।
२६. परेवाको मासु र प्याज एकै भोजनमा मिलाएर खानु हुँदैन ।
२७. परेवाको मासु र तेल संयोग बिष समान हुन्छ अतः परेवाको मासु तेलमा पकाउनु हुँदैन ।
२८. मासको दाल र मासका अन्य परिकारको साथमा सख्खर खानुहुँदैन ।
२९. तामा, पित्तल र काँस्यको भाँडोमा घ्यू राख्नुहुँदैन । यदि यसमा दश दिन वा सोभन्दा अधिक समयसम्म घ्यू राखियो भने विषाक्त प्रभाव उत्पन्न गर्दछ ।
३०. पाकेको रुख कटहर खाएको दश घण्टासम्म पान, सूर्ति तथा अन्य चूना मिसिएको खानेकुरा खानुहुँदैन । पेटभरी पाकेको कटहर खाई तत्काल चूना खानाले मानिसको तुरुन्त मृत्यु हुन्छ ।
३१. खाली पेटमा आँप खानु हुँदैन ।
३२. वकुल्लाको मासु सुँगुरको बोसोमा पकाएर वा एकसाथ प्रयोग गर्नुहुँदैन ।
३३. चिल्लो आहार सेवनपछि पानी पिउनाले श्वासनलीमा अवरोध उत्पन्न गर्दछ । तर तातोपानी सेवन लाभदायक हुन्छ ।
३४. माछा तथा सुँगुरको मासु सस्र्यूं एवम् तोरीको तेलमा तारेर खानुहुँदैन ।
३५. सुँगुरको मासु र बयर एकसाथ खानुहुँदैन ।
३६. रायोको सागसँगमा द्राक्षा प्रयोग गर्नुहुँदैन ।
३७. काकामाचीको फल एवम् सागको साथमा पिप्पली, मह, मरिच, सख्खर खानु बिष समान हुन्छ ।
३८. तित्रा, मयूर र कपिञ्जल नामक प्राणीको मासु एरण्डको तेलमा पकाउनु वा एरण्डको दाउराले आगो बाली पकाएमा परस्पर विरोधी भएर अत्यन्त हानी गर्दछ वा सो भोजन सेवनले तत्काल मृत्यु हुन्छ ।
३९. तीन महिना नपुगेको अन्न र एक वर्ष पूरानो अन्न एकै ठाउँमा मिलाएर पकाएको आहार कल्पना हानिकारक हुन्छ ।
४०. दूध र सतुवा एकसाथमा खानु हुँदैन ।

( पाठकहरुको सामान्य जानकारीका लागि यो सामाग्री आयुर्वेद शाास्त्रबाट लिइएको हो । प्रयोग गर्नुअघि डाक्टर वा बैद्यको राय सल्लाह लिनुहोला । )


सम्बन्धित समाचार