fbpx

टेलिकमले दिनेभयो ५५ प्रतिशत नगद



नेपालबहस संवाददाता
 




काठमाडौं । नेपाल टेलिकमले आफ्ना शेयरधनीलाई ५५ प्रतिशत नगद लाभांश दिने भएको छ ।

नेपाल दूरसञ्चार कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले सो निर्णय गरेको हो । आर्थिक वर्ष २०७४/७५ को नाफाबाट नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीको ऐनको दफा १८२ को उपदफा २ बमोजिम लाभांश वितरणका लागि सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेको छ ।

सरकारबाट स्वीकृति प्राप्त भई आएपश्चात् कम्पनीको आगामी एघारौं वार्षिक साधारणसभाबाट स्वीकृति भएबमोजिम वितरण गरिने टेलिकमले जनाएको छ ।


सम्बन्धित समाचार