fbpx

महासमिति बैठक : आज पनि विधान संशाेधन प्रस्ताव पेश नहुने



नेपालबहस संवाददाता
 




काठमाडा‌ैं । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा बुधबार पनि विधान संसोधन प्रस्ताव पेश नहुने भएको छ । कार्यदलले मंगलबार साँझ प्रस्तावित विधानमा सहमति जुटाएपछि आज दिउँसो १२.३० मा बस्ने केन्द्रिय कार्य समितिको बैठकमा प्रस्तुत हुने र त्यसले पास गरिसकेपछि मात्र प्रेसमा जाने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेपालबहसलाई जानकारी दिए । छपाईमा केहीसमय लाग्ने भएका कारण आजको बैठकमा पनि विधान पेश हुननसक्ने भएको हो ।

छपाई सकेर बिहीबार मात्रै विधान संशाेधन प्रस्ताव पेश गर्ने कांग्रेसको तयारी छ । शनिबारबाट सुरु भएको महासमिति बैठकमा विधान संशाेधन प्रस्ताव पेश नहुदा महासमिति सदस्यहरु अन्योलमा पर्दै आएका थिए । उनीहरुले सोमबारदेखि नै विधान पेश गर्न नेतृत्वलाई दबाब दिएका थिए । िवधानमा भएकाे ढिलाई कै कारण महासमिति बैठक थप ३ दिन लम्बिएको छ । आज यलम्बर पार्टी प्यालेसमै जारी बैठक भोलिदेखि भने पार्टी केन्द्रिय कार्यलय सानेपामा हुने र शुक्रबार समापन गर्ने कांग्रेसको तयारी छ ।

बुधबार विधान पेश हुन नसकेपनि राजनीतिक, संगठनात्मक, आर्थिक नीति सम्बन्धी र पार्टीको आन्तरिक आय–व्यय सम्बन्धी प्रतिवेदनमा छलफल हुँदैछ । समुह समुहमा प्रतिवेदनमाथि छलफल गर्दै त्यसका विषयमा बोल्ने कार्यक्रम रहेको प्रवक्ता शर्माले जानकारी दिए । उनका अनुसार महासमिति सदस्यको सुझावपछि प्रतिवेदन पारित गरिने छ ।

यस्तै कांग्रेसमा १६१ केन्द्रीय कार्यसमिति र ८ पदाधिकारी बनाउने सहमति भएको छ । जसअनुसार अब कांग्रेसमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री , दुई सहमहामन्त्री र एकजना कोषाध्यक्ष रहने छन् । कोषाध्यक्षबाहेक सबै महाधिवेशनबाट निर्वाचित हुनुपर्ने प्रावधान राख्न सहमति भएको छ ।


सम्बन्धित समाचार