fbpx

ने क पा स्थायी समितिको बैठक शुरु



नेपालबहस संवाददाता
 




काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समितिको  बैठक शुरु भएको छ । धुम्बाराहीस्थित पार्टी मुख्यालयमा  बिहान ८ बजेदेखि शुरु भएको बैठकमा आज बोल्न बाँकी सदस्यले दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि बोल्दै छन् ।

केही दिनदेखि जारी बैठकमा नेताहरुले राजनीतिक प्रतिवेदनमाथि रहेर आफ्नो धारणा प्रस्तुत गरिरहेका छन् । यस्तै पार्टी तथा सरकार सञ्चालनका विषयमा विवाद र असन्तुष्टिबारे पनि नेताहरुले बैठकमा कुरा उठाएका छन् । शनिबारबाट सुरु भएको नेकपाको स्थायी समितिको बैठकमा सदस्यहरुले पार्टी नेतृत्वप्रति आक्रोस व्यक्त गरेका हुन् ।

हिजो बसेको बैठकमा पनि नेताहरुले नेतृत्वको कार्यशैलीप्रति विरोध जनाउदै सरकारका गतिबिधीहरु विवादास्पद भएको टिप्पणी गरेका थिए । यस्तै बैठकमा नेता भीम रावलले १४ पृष्ठ लामो विचार टिप्पणी र सुझाव पेश गर्दै नेतृत्वको कार्यशैली सुधार गर्नुपर्ने बताएका थिए ।

४५ सदस्यीय मध्ये ने क पा स्थायी समितिमा १८ जना नेताहरुले मात्रै बोलेकाले बैठक आज अन्य सदस्यहरुले प्रतिवेदनमा बोल्दै छन । 


सम्बन्धित समाचार