fbpx

सुनचाँदीको भाउ घट्यो



नेपालबहस संवाददाता
 




काठमाडौं । सुनको भाउ आज तोलामा ६ सय रुपैयाँ घटेको छ । सुन आज तोलाको ५८ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार १ सय रुपैयाँ बढेर तोलाको ५९ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ६ सय रुपैयाँ घटेको हो । मंगलबार चाँदी पनि तोलामा ५ रुपैयाँ घटेको छ ।

चाँदी तोलाको ७ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ ।


सम्बन्धित समाचार