fbpx

बेल्जियमका प्रधानमन्त्री मिचेलले दिए राजीनामा



नेपालबहस संवाददाता
 




बेल्जियम ।  बेल्जियमका प्रधानमन्त्री चार्ल्स मिचेलले आप्रवासी सम्बन्धी संयुक्त राष्ट्रसंघसँगको सहमतिमा असहमति जनाउँदै पदबाट राजीनामा दिएका छन्।

सहमति प्रति असन्तुष्टि जनाउँदै गठबन्धन पार्टी सरकारबाट बाहिरिएपछि मिचेल अल्पमतमा परेका थिए। अघिल्लो साता मात्रै संयुक्त राष्ट्रसंघको आप्रवासी नीतिमा हस्ताक्षरपछि राजधानी ब्रसेल्समा प्रदर्शन भएको थियो।

मिचेलले राजा फिलिप सामु राजिनामा दिने घोषणा गरेका छन्। सन् २०१४ मा ३८ वर्षको उमेरमा प्रधानमन्त्री बनेका मिचेलले अल्पमतमा परेको सरकारमा बहुमत जुटाउन नसकेपछि राजीनामा दिएका हुन्।


सम्बन्धित समाचार