fbpx

चिसोका कारण बर्दियासहित तराईको जनजीवन प्रभावित



नेपालबहस संवाददाता
 




बर्दिया । विगत दुई दिनदेखि अचानक बढेको चिसोका कारण बर्दियासहित तराईको जनजीवन प्रभावित भएको छ । यस क्षेत्रमा तापक्रम घट्दै गएपछि चिसो बढेको हो ।

मंसिर अन्त्यसम्म चिसोको खासै प्रभाव नरहे पनि १ पुसदेखि तराईमा चिसो बढ्न थालेको छ । अत्यधिक चिसोका कारण बालबालिका, वृद्धवृद्धा, विपन्न परिवारमा धेरै समस्या देखिएको छ ।

यसैगरी अत्यधिक चिसोका कारण बजार क्षेत्रमा भीडभाड पातलिन थालिएको छ । बजार क्षेत्रमा समेत सर्वसाधारणको चहलपहलमा कमी आएको व्यवसायी बताउँछन् ।

तराईमा दुई दिनदेखि हुस्सु र कुहिरोको प्रभाव बढ्दै गएको छ भने घाम लागेको छैन । चिसो बढेपछि बालबालिका तथा वृद्धवृद्धामा निमोनिया र रुघाखोकी लाग्न सक्ने भएकाले न्यानो लुगा प्रयोग गर्न चिकित्सकले सल्लाह दिएका छन् ।

चिसो बढेपछि आगो बाल्न ठाउँठाउँमा दाउराको व्यवस्था गर्न सर्वसाधारणले स्थानीय तहलाई आग्रह गरेका छन् । नगरपालिका तथा गाविस कार्यालयहरुले चिसो बढेपछि विगतका वर्षहरुमा सर्वसाधारणका लागि दाउरको व्यवस्था गर्ने गरेको थियो ।


सम्बन्धित समाचार