fbpx

सेफ्टी ट्यांकीमा बालक मृत भेटिए



नेपालबहस संवाददाता
 




सुर्खेत । विद्यालयबाट सम्पर्कविहीन भएका एक बालक मृत अवस्थामा भेटिएका छन् । दैलेखको नारायण नगरपालिका–१ स्थित सनराईज बोर्डिङ स्कुलमा युकेजीमा अध्ययनरत ६ वर्षीय हिक्मत शाही आज मृत अवस्थामा भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार सनराईज स्कुल नजिकैको खानेपानी सेफ्टी ट्यांकीमा उनको शव फेला परेको हो । मंगलबार बिहान स्कुल गएका बालक १ बजेदेखि वेपत्ता भएका थिए ।

बालक सम्पर्कविहीन भएपछि खोजीकार्य तीव्र पारिएको थियो । जिल्ला प्रहरी प्रमुख डीएसपी ठाकुरप्रसाद पोखरेलले बालकको खोजी गर्दा प्रहरीले मृत अवस्थामा भेटाएको जानकारी दिए । मृत बालकको शव अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको डिएसपी पोखरेलले बताए । ठाटीकाँध गाउँपालिका–३ घर भएका बालकका आमाबुवा दैलेख सदरमुकामका खुद्रा व्यापार गर्दै आएका छन् ।


सम्बन्धित समाचार