fbpx

बिदा भए पूर्वप्रधानमन्त्री तुलसी गिरी सधैँका लागि



नेपालबहस संवाददाता
 




काठमाडौं । पूर्वप्रधानमन्त्री एवं मन्त्रिपरिषद्का उपाध्यक्ष डा . तुलसी गिरीको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको छ । डा. गिरीको अन्तिम इच्छाबमोजिम अन्त्येष्टिमा राज्यले उपलब्ध गराउने सम्मान नलिएको श्रीमती साराह गिरीले जानकारी दिइन्। “साधारण नागरिकका रुपमा बिदाइ हुने उनको अन्तिम इच्छा थियो, नागरिकको पदलाई उच्च बनाउन उनले यस्तो इच्छा राखेका थिए ”, श्रीमती गिरीले भनिनन्

पशुपतिमा अन्त्येष्टि गरिए पनि गिरीका नाममा कुनै कर्म नगरिने पारिवारिक स्रोतले जनाएको छ । उनको अन्त्येष्टिमा पूर्वउपप्रधानमन्त्री भीम रावल, पूर्वउपप्रधानमन्त्री कमल थापा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरी, पूर्व मन्त्री सुनीलबहादुर थापा, टङ्क ढकाललगायत नेता पशुपति पुगेका थिए

विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गर्ने पहिलो पूर्वप्रधानमन्त्री डा. गिरी भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यसअघि पूर्वप्रधानमन्त्री सुशील कोइरालाको अन्त्येष्टि विद्युतीय शवदाह गृहमा गर्ने भनिए पनि उनका परिवारले मानेका थिएनन् ।

मङ्गलबार बिहान ९३ वर्षको उमेरमा उनको निधन भएको थियो । महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्र शाहको शासनकालमा डा. गिरी प्रधानमन्त्री र मन्त्रिपरिषद्को उपाध्यक्ष बनेका थिए । नेपाली कांग्रेसबाट राजनीति शुरु गर्नुभएका गिरी विसं २०१७ पुस १ गतेको शाही कदमपछि पञ्चायतमा सक्रिय भएका थियो ।


सम्बन्धित समाचार