fbpx

एभरेष्ट प्रिमियर लिग : काठमाडौँ किंग्स ११ र भैरहवा ग्लाडिएटर्स भिड्दै



नेपालबहस संवाददाता
 




काठमाडौं । कीर्तिपुरस्थित टीयू मैदानमा भइहरको एभरेष्ट प्रिमियर लिग अन्तर्गत आज बिहीवारदेखि हुने दोस्रो क्वालिफायर्सको समय परिवर्तन भएको छ।

आयोजकले उपलब्ध गराएको नयाँ समय तालिका अनुसार काठमाडौँ किंग्स ११ र भैरहवा ग्लाडिएटर्सबीचको खेल बिहान साढे ११ बजे सुरु हुनेछ।

यसअघि लिग चरणमा दुई खेल हुँदा दोस्रो खेल १ बजे सुरु भएको थियो। यस्तै प्लेअफका दुई खेलहरु भने पौने १ बजे सुरु भएको थियो।

आयोजकका अनुसार प्राविधिक कारणले गर्दा काठमाडौँ र भैरहवाबीचको खेल समय परिवर्तन भएको हो ।

यस खेलको विजेता फाइनल प्रवेश गर्नेछ र उपाधिका लागि ललितपुर प्याट्रिओट्ससँग खेल्नेछ।


सम्बन्धित समाचार