fbpx

जम्मू कश्मिरमा आजदेखि राष्ट्रपति शासन लागू



नेपालबहस संवाददाता
 




जम्मु । भारतको जम्मु कश्मिर राज्यमा राष्ट्रपति शासन लागू भएको छ। भारतीय राष्ट्रपति रामनाथ कोविन्दले आजबाट लागू हुने गरि राष्ट्रपति शासन लागू गर्न स्वीकृति दिएका छन्। गत जुन महिनामा मेहेबुबा मुफ्तीले नेतृत्व गरेको गठबन्धन सरकार भंग भएपछि त्यहाँ राजनीतिक अस्थिरता उत्पन्न भएको थियो। ६ महिना गभर्नर शासन अन्तर्गत चलेको जम्मू कश्मिरमा गभर्नर सत्यपाल नायकले कुनै दलले सरकार गठन गर्ने अवस्था नदेखेपछि गत महिना विधानसभा भंग गरेका थिए।

अब त्यहाँ पुन विधानसभा निर्वाचनको प्रक्रिया अघि बढाइनेछ। सन् १९९६ पछि पहिलोपटक जम्मू कश्मिरमा राष्ट्रपति शासन लागू भएको हो। गभर्नर नायकले दिएको प्रतिवेदनका आधारमा राष्ट्रपति कोविन्दले त्यहाँ राष्ट्रपति शासन लागू गर्नुपर्ने विषयमा सहमत भएको बताइएको छ।

गत सोमवार मलिकको प्रतिवेदनका आधारमा नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारले जम्मू कश्मिरमा राष्ट्रपति शासन लागउन सिफारिस गरेको थियो। राष्ट्रपति शासन लागू भएपछि अब त्यहाँ गरिने कुनै पनि निर्णय केन्द्र सरकारले राष्ट्रपतिलाई सिफारिस गरे बमोजिम हुनेछ।


सम्बन्धित समाचार