fbpx

ने क पा बैठकमा अधिकांश सदस्य ओली–दाहालप्रति आक्रोशित



नेपालबहस संवाददाता
 




काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक आजका लागि सकिएको छ । आज बिहान बसेको बैठकमा नेताहरुले राजनीतिक प्रतिवेदनमाथि आफ्नो धारणा राखेका छन् । आजको बैठकमा किरण गुरुङ, पेशल खतिवडा, अमृतकुमार बोहरा, पम्फा भुसाल, लिलामणि पोखरेल, चक्रपाणी खनाल, मातृका यादव र विष्णु रिमालले राजनीतिक प्रतिवेदनमाथि धारणा गरेका थिए ।

उनीहरुले राजनीतिक प्रतिवेदनसहित समसामयिक विषयमा पनि बोलेका थिए । बैठक भोली बिहान ८ बजे बस्ने गरी स्थगित भएको छ । गएको शनिबारदेखि जारी ४५ सदस्यीय स्थायी कमिटी बैठकमा अहिलेसम्म ३६ जनाले आफ्नो विचार प्रस्तुत गरेका छन् । गत शनिबार सुरु भएको पार्टी स्थायी समिति बैठकमा अध्यक्षद्धय केपी ओली र प्रचण्डले तयार पारेको संयुक्त राजनीतिक प्रतिवेदनमाथि सोमबारबाट छलफल सुरु भएको थियो ।

छलफलमा भाग लिँदै नेताहरुले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै सरकारको र पार्टीलाई विधिसम्मत ढंगले अघि बढाउन नसकेको तथा एकीकरणको कामलाई पूर्णता दिन ढिलाई गरेको भन्दै पार्टी नेतृत्वको चर्को आलोचना गरिरहेका छन् । राजनीतिक प्रतिवेदनमा सरकारका उपलब्धी, पार्टीका काम, यसबिचमा सचिवालयबाट भएका निर्णय र जिल्ला तथा जनसङ्गठनको एकतालगायत विषय समावेश छन् । बैठकमा सचिवालय सदस्य वामदेव गौतमले अध्यक्षद्वयको प्रतिवेदनमा पुरक प्रतिवेदन पेश गरेका छन् ।


सम्बन्धित समाचार