fbpx

समायोजन अध्यादेशविरुद्ध कर्मचारीद्धारा संघर्षका कार्यक्रम घोषणा



नेपालबहस संवाददाता
 




काठमाडौं ।सिंहदरवारभित्रै प्रदर्शन गरेका निजामति कर्मचारीले कर्मचारी समायोजनअध्यादेशविरुद्ध  संघर्षका कार्यक्रम घोषणा गरेका छन् । संघर्षका कार्यक्रम घोषणा गर्न आज कर्मचारी संघठनको बैठक बस्न लागेको नेपाल निजामति कर्मचारी संगठनका महासचिव रेवन्त गौतमले बताए ।

अध्यादेशकको विरोधमा उनीहरुले बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय घेराउ गरेका थिए ।

सरकारले ल्याएको कर्मचारी समायोजन अध्यादेश विभेदकारी भएको उनीहरुको भनाई छ । समायोजन अध्यादेशले बरिष्ठ कर्मचारी संघमै बस्ने कनिष्ठहरू स्थानीय तह वा प्रदेशमा खटिने व्यवस्था गरेकाले खटिएर जाने कर्मचारीलाई फेरि संघमा फर्कने बाटो बन्द गरिएकले संघर्ष गर्नुपरेको महासचिव गौतमको भनाई छ ।

कर्मचारी समायोजन स्वेच्छिक बनाउनु पर्ने उनीहरूको भनाइ छ । गत मङ्सिर २३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७५ को विरोधमा कर्मचारीहरु आन्दोलित भएका हुन् । यो अध्यादेशले सहसचिव भन्दा तलका कर्मचारीलाई सरुवा बढुवा लगायतमा असर पर्ने कर्मचारीहरुको दावी छ ।


सम्बन्धित समाचार