fbpx

इपिएल : काठमाडौंलाई हराउँदै भैरहवा फाइनलमा



नेपालबहस संवाददाता
 




काठमाडौं । एभरेष्ट प्रिमियर लिग क्रिकेट (इपिएल) मा भैरहवा ग्लाडीयटर्सले फाइनल यात्रा तय गरेको छ। शरद भेषावकरको कप्तानीमा रहेको भैरहवाले आज भएको दोस्रो क्वालिफायरमा रोहन मुस्तफा कप्तान रहेको काठमाडौं किंस् इलाभेनलाई ६ विकेटले पराजित गर्दै उपाधि नजिक पुगेको छ। त्रिवी क्रिकेट मैदानमा काठमाडौंले दिएको १ सय १ रनको लक्ष्य भैरहवाले १७ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो।

भैरहवाको जितमा रायन टेन डोसकाटेले सर्वाधिक ४५ रन जोड्दा रबी इन्दर सिंहले सर्वाधिक ३१ रन जोडे। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा अलआउट हुँदै १०० रन जोडेको थियो। काठमाडौंका लागि सन्दीप रजालीले सर्वाधिक २७ रन जोडे।

यस्तै काठमाडौंका प्रदीप साहुले २५ रन जोड्दा अमित श्रेष्ठले १३ रन बनाए। काठमाडौंलाई सस्तैमा समेट्न भैरहवाका कुशल मल्लले ३ विकेट लिए। मोहमद नाभिदले २ विकेट लिए। अब भैरहवाले शनिबार हुने फाइनलमा ललितपुर प्याट्रियट्सँग प्रतिस्पर्धा गर्नेछ। पहिलो क्वालिफायरमा जित निकाल्दै ललितपुर भने फाइनलमा पुगिसकेको छ।


सम्बन्धित समाचार