fbpx

मेलम्चीको ठेकेदारले काम छाडेपनि नेपाललाई घाटा छैन् : मन्त्री मगर



नेपालबहस संवाददाता
 




काठमाडौं । इटालियन ठेकदार कम्पनीले काम छाडेपनि नेपाललाई घाटा नलाग्ने खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले बताएकी छन् ।आज संसदको अर्थ समितिको बैठकमा उनले ठेकेदारलाई काम गरेको रकम नै भुक्तानी गर्न बाँकी रहेको भन्दै उसले एकतर्फी ठेक्का तोड्दा सरकारलाई घाटा नलाग्ने बताएकी हुन् ।

‘नेपाल इन्भेस्टमेन्ट बैंक र स्टाण्डर्ड चार्टर्ड बैंकमा रहेको २ अर्ब ५४ करोड रुपैयाँ रोक्का गरिसकेका छौं, सीएमसीले छाडेर गएपनि हामीलाई घाटा लाग्दैन’ उनले भनिन् ‘१५ करोडको विल फर्छयोट बाँकी छ र ३५ करोड दिन बाँकी छ ।’

तीब्रगतिमा काम भइरहेका बेला ठेकेदार कम्पनी सीएमसीले काम छाडेर भागेको शैलीमा हिँड्दा सरकार चकित परेको मन्त्री मगरले बताइन् । अहिले पनि ठेकेदारसँग वार्ता भइरहेको र सरकारको नियमअनुसार सहमति गर्ने उनले बताइन् ।


सम्बन्धित समाचार