fbpx

प्रधानमन्त्री मोदी गहिरो निन्द्राबाट बिउँझिए : राहुल गान्धी



नेपालबहस संवाददाता
 




नयाँ दिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदी गहिरो निन्द्राबाट बिउँझिएको भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीले बताएका छन्। गान्धीले जिएसटीका विषयमा ट्वीट गर्दै आखिरीमा कांग्रेस पार्टीले प्रधानमन्त्री मोदी को ‘गब्बर सिंह टेक्स’को मुद्दामा गहिरो निन्द्राबाट बिउँझाएको बताएका हुन्।

राहुल गान्धीले लेखेका छन्, ‘प्रधानमन्त्रीले अब कांग्रेसको त्यही जिएसटी लागू गर्न चाहने छन्, जुनलाई कुनै समय ग्रान्ड स्टुपिड थट भन्थे।, ढिलै भएपनि सही नरेन्द्र जी।’

भारतीय प्रधानमन्त्री मोदीले केहीदिन पहिले एक सम्बोधनमा केन्द्र सरकार जिएसटीसँग सम्बन्धित केही वस्तुमा छुट दिने संकेत गरेका थिए। आमनागरिकलाई उक्त छुट लाभकारी हुने उनको धारणा थियो । एजेन्सी


सम्बन्धित समाचार