fbpx

चन्द्रागिरीमा १५ बर्षीया किशोरीमाथि सामुहिक बलात्कार !

पाँच जना पक्राउ



नेपालबहस संवाददाता
 




काठमाडौँ । किशोरी करणी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली अत्तरिया नगरपालिका ६ का ३३ वर्षीय डब्बलबहादुर बोहोरालगायत पाँच जना रहेको महानगरिय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

धादिङ घर भई हाल चन्द्रागिरि नगरपालिका बस्ने १५ वर्षीया किशोरीलाई बुधबार बेलुका जबर्जस्ती करणी भएको प्रहरीले जनाएको छ ।

चन्द्रगिरी नगरपालिकाको लक्ष्मीस्थान नजिक ती किशोरीलाई अपरिचित व्यक्तिको समूहले त्रास देखाई जबर्जस्ती करणी गरेको भन्ने स्थानीयले दिएको सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । घटनाका विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार