fbpx

पूर्वगभर्नरसहित ३ जनालाई भ्रष्टाचार मुद्दा, २ करोड बिगो दावी !



नेपालबहस संवाददाता
 




काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व गभर्नर डा. तिलकबहादुर रावलसहित ३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

राष्ट्र बैंकबाट अष्ट्रेलियामा १० रुपैयाँको ५ करोड थान पोलिमर नोट छपाई गर्दा भ्रष्टाचार गरेको आरोपमा पूर्व गभर्नर रावल, तत्कालीन नोट विभाग प्रमुख उपेन्द्रकेशरी पौड्याल र स्थानीय प्रतिनिधि हिमालयबहादुर पाँडेविरुद्ध अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अख्तियारले रावल, पौड्याल र पाँडे विरुद्ध ९१ लाख रुपैयाँको दरले झण्डै साढे २ करोड रुपैयाँभन्दा बढी बिगो दावी गरेको छ । तीनै जनाविरुद्ध नोट छपाईमा अष्ट्रेलियासँग गैरकानुनी मिलेमतो गरेको, गुणस्तरहीन नोट छपाई गरेको आरोप छ ।

यो घटनामा केही पत्रकारको नाम मुछिएपनि नाम सार्वजनिक भएको छैन ।


सम्बन्धित समाचार