fbpx

जाडोले कठ्यांग्रिएर तराईमा तीन जनाको मृत्यु !

शितलहरले जनजीवन प्रभावित !



नेपालबहस संवाददाता
 




गौशाला । जाडोले महोत्तरीमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मटिहानी नगरपालिका–७ का ६२ वर्षीय सुकदेव ठाकुर र जलेश्वर नगरपालिका–५ का ५५ वर्षीया दुखनी कापर रहेका छन् ।

जाडोले बेहोस भएका ठाकुरको आज उपचारका क्रममा मृत्यु भएको मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले जानकारी दिए ।

कापरको बुधबार घरमै कठ्याङ्ग्रिएर मृत्यु भएको जलेश्वर–५ का वडाध्यक्ष राकेश राउतले बताए । जलेश्वर नगरपालिकाका नगरप्रमुख रामशङ्कर मिश्रले उनको परिवारलाई रु १५ हजार सहयोग गरेका छन ।

तराईमा केही दिनदेखि बाक्लो हुस्सु लाग्ने, शितलहर चल्ने र चिसो हावाका कारण चिसो बढेको छ । सप्तरीमा पनि चिसोका कारण आज एक जनाको ज्यान गएको थियो ।


सम्बन्धित समाचार