fbpx

वैदेशिक रोजगारीमा जाने कामदारले श्रम स्वीकृति अब प्रदेशस्तरबाटै



नेपालबहस संवाददाता
 




काठमाडौं । आगामी पुस १५ गतेदेखि वैदेशिक रोजगारीमा जाने कामदारले श्रम स्वीकृति लिन काठमाडौं नै आउनु नपर्ने भएको छ । अब प्रदेशस्तरबाटै वैदेशिक रोजगारको लागि पुनः श्रमस्वीकृति र व्यक्तिगत श्रम स्वीकृति दिने काम सुरु हुने पक्का भएको छ ।

अहिलेसम्म काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार विभागको कार्यालयबाट मात्र श्रम स्वीकृति दिँदै आएको छ । अब विराटनगर, धनुषा, पोखरा बुटवल, सुर्खेत र धनगढीका श्रम कार्यालयबाट नै श्रम स्वीकति लिन पाइनेछ ।

अब यो समस्या हट्ने र सहज रुपमा सेवाग्राहीले सेवा लिन पाउने श्रम मन्त्री गोकर्ण बिष्टको विश्वास छ । कार्यालयहरुमा टोकनसहितको सहज श्रम स्वीकति लिने व्यवस्था मिलाउने योजना मन्त्रालयको छ ।


सम्बन्धित समाचार