fbpx

तपाईको आजको राशिफल



नेपालबहस संवाददाता
 




पञ्चाङ
२०७५ साल पुस ६ गते शुक्रबार, तदनुसार २१ डिसेंम्वर २०१८, नेपाल संवत ११३९, मार्गशीर्ष माँसको शुक्ल पक्षको चतुरदशी तिथी, सुर्योदय विहान ६ः५२ मा भयो हुनेछ सुर्यअस्त साँझ ५ः११ मा हुनेछ ।

मेष राशी:  (Aries)  चु, चे, चो, ला, लि, लु, ले, लो, अ
द्वितिय भावको चन्दमाले आफन्तबाट सहयाग प्राप्त हुने देखिन्छ । बोलिको प्रभाव बढ्ने योग रहेको छ  । शारीरिक पीडाको महशुस हुने देखिन्छ  । आजको शुभ अंक ७ , शुभ रङ रातो ।

बृष राशी: (Taurus)  इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्रथम भावको चन्द्रमाले मन चन्चल हुने योग रहेको देखिन्छ ।  साजेदारी कामबाट फाइदा मिल्न सक्नेछ । समयको सदुपयोग हुने योग रहेको छ ।  आजको शुभ अ्रक ५ ,शुभ रङ  बैजनी ।

मिथुन राशी: (Gemini)का, कि, कु, घ, ङ, छ, के, को, ह
द्वादश भावको चन्द्रमाले आर्थिक क्षेत्र कमजोर रहेको छ । अनयासै भ्रमण हुने योग रहेको छ । वैदेशिक क्षेत्र सफल रहेको देखिन्छ । आजको शुभ अंक ६, शुभ रङ  गुलावीे ।

कर्कट राशी: (Cancer) हि, हु, हे, हो, डा, डि, डु, डे, डो
एकादश भावको चन्द्रमाले आकस्मिक धन लाभ प्राप्त हुने देखिन्छ । सानो प्रयासले नै धनको आगमन हुने योग रहेको छ । सन्तान पक्षबाट लाभ मिल्ने छ ।  आजको शुभ अंक २ , शुभ रङ पहेलो ।

सिंह राशी: (Leo)   मा, मि, मु, मे, मो, टा, टि, टु, टे
दशंम भावको चन्दमाले व्यापारमा धनलाभ प्राप्त हुने देखिन्छ । नयाँ व्यक्तिसँगको भेटघाटमा समय बित्ने देखिन्छ । पिताको आर्शिवाद प्राप्त हुने योग रहेको छ ।  आजको शुभ अंक ५, शुभ रङ निलो ।

कन्या राशी: (Virgo) टो, प, पि, पु, ष, ण, ठ, पे, पो
नवंम भावको चन्दमाले समयको राम्रो सदूपयोग गर्नुहोला । समय बलवान रहेको देखिन्छ । धार्मिक भावना पैदा हुने योग रहेको छ । आजको शुभ अंक २,   शुभ रङ प्याजी ।

तुला राशी: (Libra)  र, रि, रु, रे, रो, ता, ति, तु, ते
अस्ठम भावको चन्द्रमाले गरेको काममा ढिला सुस्ती रहने देखिन्छ । सोच अनुसारको काम नभएर खिन्नता उत्पन्न हुने देखिन्छ । दिनभरी छटपट्टी हुने योग देखिन्छ ।  आजको शुभ अंक ६,  शुभ रङ निलो ।

बृश्चिक राशी: (Scorpio) तो, ना, नि, नु, ने, नो, या, यि, यु
संप्तम भावको चन्द्रमाले व्यवसायबाट राम्रो सफलता मिल्न सक्नेछ । विपरित लिंगीबाट माया प्राप्तहुने योग रहेको छ । मन उत्साही रहेको देखिन्छ ।  आजको शुभ अंक ८, शुभ रङ सेतो ।

धनु राशी: (Sagittarius) ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
छैंटम भावको चन्द्रमाकाले मनमा दुविधा बढ्ने संभावना रहेको छ । खानपानमा ध्यान पु¥याउनु होला । ऋण र रोगको भय देखिन्छ ।  आजको शुभ अंक ७, शुभ रङ हरियो ।

मकर राशी: (Capricorn) भो, ज, जि, खि, खु, खे, खो, गा, गि
पञ्चम भावको चन्द्रमाले बौद्धिक क्षमतामा अभिवृद्धि हुने देखिन्छ । सानो प्रयासले नै उन्नती हुने देखिन्छ । नयाँ सन्तानको आगमन हुने योग रहेको छ । आजको शुभ अंक ४ , शुभ रङ सुनौलो ।

कुम्भ राशी: (Aquarius) गु, गे, गो, सा, सि, सु, से, सो, द
चतुर्थ भावको चन्द्रमाले जग्गा जमिन प्राप्त हुने योग रहेको छ । आनन्दको महशुस हुने समय रहेको छ । मातृ प्रेममा समय बित्ने देखिन्छ ।  आजको शुभ अंक ९ , शुभ रङ हरियो ।

मिन राशी: (Pisces) दि, दु, थ, झ, ञ, दे, दो, च, चि
तृतीय भावको चन्द्रमाले साहसमा वृद्धि हुने योग रहेको छ । भाइ बहिनीको उचित सहयोग प्राप्त हुने योग देखिन्छ  । प्रयत्न गरे फाइदा मिल्न सक्ने छ  । आजको शुभ अंक १ , शुभ रङ चाँदी ।


सम्बन्धित समाचार