fbpx

फिफा बरियतामा नेपाल एक स्थान माथि उक्लियो



नेपालबहस संवाददाता
 




काठमाडौं । विश्व फुटबल महासंघ(फिफा)बरियतामा नेपालले एक स्थान सुधार गरेको छ । फिफाले बिहिबार राती सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल एक स्थानमाथि उक्लिएको हो ।नेपाल बरियतामा एक सय ६१ औं स्थानमा छ । अघिल्लो महिना एक सय ६२औं स्थानमा थियो । दक्षिण एसियामा नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दा माथि भारत र माल्दिभ्स छन् । भारत समग्रमा ९७ औं स्थानमा यथावत छ ।माल्दिभ्स एक सय ५२ औं स्थानमा छ । यसैगरी भुटान एक सय ८६ औं, बंगलादेश एक सय ९२ औं, पाकिस्तान एक सय ९९आंै र श्रीलंका दुई सय एक स्थानमा छ ।विश्व बरियतामा बेल्जियम शीर्ष स्थानमा यथावत छ । फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, क्रोएसिया चौथो र ईङ्ल्यान्ड पाँचौ स्थानमा छ


सम्बन्धित समाचार