fbpx

ने क पा बैठकमा पार्टी नेतृत्वको कडा आलोचना



नेपालबहस संवाददाता
 




काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी बैठकमा आज नेकपाका सात नेताहरूले धारणा राखेका छन्। आज नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङ, अमिक शेरचन, मणि थापा, गोकर्ण विष्ट र छविलाल विश्वकर्माले नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि बैठकमा आफ्नो धारणा राखेका छन्। गएको मंसिर २९ गतेदेखि शुरु भएको बैठक आजका लागि सकिएको छ। शनिबार बिहान ८ बजेदेखि बैठक पुन शुरु हुने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। छलफलमा भाग लिँदै नेताहरुले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै सरकारको र पार्टीलाई विधिसम्मत ढंगले अघि बढाउन नसकेको तथा एकीकरणको कामलाई पूर्णता दिन ढिलाई गरेको भन्दै पार्टी नेतृत्वको चर्को आलोचना गरिरहेका छन् । राजनीतिक प्रतिवेदनमा सरकारका उपलब्धी, पार्टीका काम, यसबिचमा सचिवालयबाट भएका निर्णय र जिल्ला तथा जनसङ्गठनको एकतालगायत विषय समावेश छन् । बैठकमा सचिवालय सदस्य वामदेव गौतमले अध्यक्षद्वयको प्रतिवेदनमा पुरक प्रतिवेदन पेश गरेका छन् ।


सम्बन्धित समाचार