fbpx

छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु



नेपालबहस संवाददाता
 



accident-symbol

काठमाडौं । धनुषा, प्युठान, बाग्लुङ र कैलालीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । धनुषा मिथिला विहारी नगरपालिका १० स्थित सडकमा ज.१ ह.३७०४ नम्बरको टेम्पोलाई तारापट्टीबाट जनकपुरतर्फ जाँदै गरेको बा.२० च.८५५९ नम्बरको कारले बिहीबार दिउसो ठक्कर दिँदा टेम्पोमा सवार धनुषा जनकपुर उपमहानगरपालिका–१९ बेङा शिवपुर बस्ने ७० वर्षीय रिजन दासको जनकपुर अंचल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । टेम्पो चालक प्रहरी नियन्त्रणमा रहेका छन्, भने फरार कार चालकको प्रहरीले खोजी गरिरहेको छ । प्युठान माण्डवी गाउँपालिका–१ सिमलचौर स्थित सडकमा लु। ४० प ९०५७ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका सोही गाउँपालिका बस्ने ४० वर्षीय डोमबहादुर थापाको जिल्ला अस्पताल बिजुवार प्युठानमा उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाग्लुङ, बागलुङ नगरपालिका–१४ सरङगीस्थित सडकमा बागलुङ सदरमुकाम देखि कुश्मिसेरातर्फ जाँदै गरेको ना।७ त ११०५ नम्बरको ट्याक्टर सडकको बिच भागमा बिहीबार राति पल्टिएर दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक सोही नगरपालिका–५ पञ्चकोट बस्ने ३० वर्षीय सुरेश बि।क।को धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको हो ।

कैलाली धनगढी उपमहानगरपालिका–५ जाई स्याउले चोकस्थित सडकमा शुक्रबार बिहान से।१ त २६७४ नम्बरको ट्याक्टरबाट खसेर सोही ट्याक्टरको टायरले किच्दाँ सहचालक कैलाली भजनी नगरपालिका–६ थापापुर बस्ने २९ वर्षीय देबराम चौधरीको घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


सम्बन्धित समाचार