fbpx

नगदसहित सुनका गहना चोर्ने ४ जना प्रहरीको नियन्णमा



नेपालबहस संवाददाता
 




काठमाडौं । प्रहरीले चोरीका सामानसहित चार जनालाई पक्राउ गरेको छ। उनीहरूले काठमाडौंको विभिन्न ठाउँमा चोरी गर्दै हिन्ने गरेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा काभ्रे फूलबारी चोकका प्रज्वल तामाङ, रामेछापका अनिल तामाङ, मकवानपुर पालुङका राजीव देउला र दोलखा सिंगटीका निमा तामाङ हरेका छन्।

उनीहरूलाई महानगरीय प्रहरी वृत्त महाराजगंजको टोलिले महाराजगंजबाट पक्राउ गरेको हो। उनीहरूको साथबाट प्रहरीले ६६ हजार पाँच सय नगद रुपैयाँ दुई थान ल्यापटप,तीन थान मोबाइल, मूर्ति, सुनको औँठी, तिलहरी र अन्य जिन्सी सामग्री बरामद गरेको छ।

पक्राउ परेका चार जनाबारे थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायव उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए। बुधबार मात्रै काठमाडौं प्रहरीले ७७ जना पकेटमार चोरलाई पक्राउपछि सार्वजनिक गरेको थियो। प्रहरीले मंसिर १५ बाट काठमाडौंका विभिन्न ठाउँमा चोरीको घटना बढ्न थालेपछि ५५ जना प्रहरीलाई सादापोसाकमा परिचालन गरेर चोर पक्राउ अभियान चलाएको छ।


सम्बन्धित समाचार