fbpx

टि–ट्वेन्टी प्रतियोगिताको उपाधि पाँच पोखरीलाई



नेपालबहस संवाददाता
 




काठमाडौं । नेपाल–पाकिस्तान फ्रेन्डसिप टि–ट्वेन्टी क्रिकेट प्रतियोगिताको उपाधि पाँच पोखरी क्रिकेट क्लबले जितेको छ । नेपालस्थित पाकिस्तानी राजदूतावासले आयोजना गरेको उक्त प्रतियोगताको फाइनल खेलमा पाँच पोखरीले रोयल इन्डो क्रिकेट क्बलाई ४३ रनले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । जितसँगै पाँच पोखरीले रु ३० हजार प्राप्त ग¥यो ।त्यस्तै उपविजेतामा चित्त बुझाएको रोयलले रु २० हजार प्राप्त ग¥यो । प्रतियोगितामा उत्कृष्ट खेलाडी पाँच पोखरीका नवीनसिंह थापा, उत्कृष्ट ब्याट्सम्यान पाँच पोखरीकै आकाश विष्ट तथा उत्कृष्ट बलर रोयलका सुवास खत्री घोषित भए ।विजयी खेलाडीलाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, नेपालका लागि पाकिस्तानी राजदूत मजहर जाबेद, युवा तथा खेलकूद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटालगायतले पुरस्कार वितरण गर्नुभयो ।राष्ट्रियसभाका अध्यक्ष तिमल्सिनाले नेपाल र पाकिस्तानको सम्बन्ध मजबुद रहेको बताउँदै यस किसिमको प्रतियोगिताले दुई देशबीचको सम्बन्ध मात्र नभई खेल क्षेत्रको पनि विकास हुने विचार व्यक्त गर्नुभयो । उक्त प्रतियोगितामा विभिन्न १६ टोलीले प्रतिस्पर्धा गरेका थिए ।


सम्बन्धित समाचार