fbpx

हिन्दु राष्ट्र स्थापनाका लागि जनसंघर्ष सुरु गर्ने राप्रपाको घोषणा



नेपालबहस संवाददाता
 




पोखरा । कमल थापा नेतृत्वको राप्रपाले हिन्दु राष्ट्र स्थापनाको लागि फागुन ७ देखि जनसंघर्ष सुरु गर्ने घोषणा गरेको छ। आज पोखरामा राप्रपाका अध्यक्ष कमल थापाले नेपालमा राजतन्त्र सहितको हिन्दु राष्ट्र एक मात्र विल्कप भएको बताएका छन्।उनले हिन्दु राष्ट र राज संस्था पुनस्र्थापनाको लागि संघर्षको तयारी स्वरुप सात वटै प्रदेशमा पार्टी प्रशिक्षण कार्यक्रम चलिरहेको जानाकारी दिए।

थापाले त्यसैको तयारी स्वरुप प्रदेश स्तरीय कार्यक्रम भइरहेको भन्दै विभिन्न माग सहित फागुन ७ देखि जनसंघर्ष सुरु गर्ने बताए।थापाले कमजोर राज्य ब्यवस्थाकारण विगत केही वर्ष यता योजनाबद्ध र संगठित रुपमा धर्म परिवर्तन गराउने काम भइरहेको बताए । उनले १२ लाख धर्म परिवर्तन गरेको अनुमान रहेको बताए। उनले आन्दोलनको मुख्य एजेण्डानै हिन्दु राष्ट्र भएको बताए।

नेपालको राष्ट्रिय पहिचान र एकताको आधार रहेको सनातन धर्म र संस्कृति खतरामा रहेको भन्दै उनले हिन्दुराष्ट्र मुख्य एजेण्डा बनाई जनदबाब सृजना गर्न यो संघर्ष गर्न लागेको उनले बताए। थापाले नेपाली कांग्रेसको महासमिति बैठकमा केही नेताहरुले हिन्दु राष्ट्रको पक्षमा बोलेको र हस्ताक्षर अभियान नै चलाएको बताए। विगतमा एक्लै बोकेर हिडेको एजेण्डालाई अहिले अन्य पार्टीले पनि साथ दिन थालेको उनको भनाइ थियो। थापाले ढिलो चाँडो कांग्रेस हिन्दु राष्ट्रको एजेण्डामा आउने विश्वास ब्यक्त गरे।


सम्बन्धित समाचार