fbpx

पहिलो ओभरमै सन्दीपले लिए दुई विकेट



नेपालबहस संवाददाता
 




काठमाडौं । बिग बास लिग बीबिएल क्रिकेटमा नेपालका युवा स्पीनर सन्दीप लामिछानेले सम्झनलायक डेब्यू गरेका छन्। मेलबर्न स्टार्सबाट खेलिरहेका सन्दीपले पहिलो खेलमा सिड्नी थन्डरविरुद्ध चार ओभरमा ३७ रन खर्चिएर दुई विकेट लिए। सन्दीपले आफ्नो पहिलो ओभरमै दुई विकेट लिएपनि त्यसपछिका ओभरमा महँगो बनेका थिए। सन्दीपलाई आठौँ ओभरमा बलिङमा ल्याईएको थियो। त्यस ओभरमा सन्दीपले तीन रनमात्र खर्चिएर दुई विकेट हात पारे। दोस्रो बलमा सेन वाट्सन र छैटौँ बलमा क्यालम फर्गुसन आउट भए।सन्दीपले दोस्रो ओभरमा ६ रन खर्चिए। त्यसपछिका दुई ओभरमा भने सन्दीप महँगो बने। उनले तेस्रो ओभरमा १३ र चौथो ओभरमा १४ रन खर्चिए। पहिला ब्याटिङ गरेको थन्डरले १६ ओभरमा चार विकेट गुमाएर एक सय ४८ रन जोडेको छ।


सम्बन्धित समाचार