fbpx

संसद् कानून निर्माणमा लागिरहेको छ : अध्यक्ष तिमिल्सिना



नेपालबहस संवाददाता
 




काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनासँग नेपाल भ्रमणमा रहेको जापानको माथिल्लो सदनका सदस्यका बीचमा शिष्टाचार भेटघाट भएको छ । सङ्घीय संसद् सचिवालय सिंहदरबारमा आज भएको भेटघाटमा उनीहरुबीच द्विपक्षीय हित तथा संसदीय गतिविधिलगायत विविध विषयमा कुराकानी भएको थियो । अध्यक्ष तिमिल्सिनाको सचिवालयद्वारा जारी विज्ञप्तिमा अनुसार भेटघाटमा अध्यक्ष तिमिल्सिनाले नेपालले सङ्घ, प्रदेश र स्थानीय निकायको निर्वाचन सम्पन्न गरी आवश्यक कानून निर्माणमा संसद् लागिरहेको बताए । सो अवसरमा जापानी प्रतिनिधिमण्डलका संयोजक कत्सोमी आगाआले नेपाल र जापानबीचको सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै जापान सरकारको सहयोगमा निर्माणाधीन पाँच परियोजनाको आफ्नो प्रतिनिधिमण्डलले अवलोकन गरेको जानकारी गराएका थिए । । उनले नेपालको आर्थिक समृद्धिमा जापान सरकारको साथ र सहयोग निरन्तर रहने जानकारी दिए ।


सम्बन्धित समाचार