fbpx

एनसीसी बैंकका ग्राहकले पाउने सुविधा बढ्यो



नेपालबहस संवाददाता
 



ncc-bank

काठमाडौं । एनसीसी (नेपाल क्रेडिट एण्ड कमर्स) बैंक लिमिटेड र नेपाल क्यान्सर अस्पताल एवं अनुसन्धान केन्द्र प्रा. लि बीच बैंकका कर्मचारी तथा ग्राहकहरूलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको छ ।

सम्झौतापत्रमा एनसीसी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र नेपाल क्यान्सर अस्पताल तर्फबाट कार्यकारी अध्यक्ष सुदिप श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार, अब एनसीसी बैंकका कर्मचारी तथा ग्राहकहरूले नेपाल क्यान्सर अस्पतालका सेवाहरूमा विशेष छुट पाउनेछन् ।

बैंकका ग्राहकहरूले उक्त छुट, बैकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् । बैंकले आफ्ना १२२ वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । बैंकको देशभर ७४ वटा एटीएमहरु सञ्चालनमा रहेको प्रबक्ता बन्दना पाठकले जानकारी दिइन् ।


सम्बन्धित समाचार