fbpx

पोखरामा नेविसंघका केन्द्रीय सदस्यसहित सात विद्यार्थी नेता पक्राउ



नेपालबहस संवाददाता
 




पोखरा । विद्यार्थी रिहाइको माग गर्दै आन्दोलनमा उत्रिएका नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सहित ७ जना विद्यार्थी नेता पोखरामा पक्राउ परेका छन् । नेविसंघले घोषणा गरेको आन्दोलनका कार्यक्रम अनुरुप आज पोखरा महानगर शिक्षा शाखाको कामकाजमा बाधा पुर्‍याउन खोजेको आरोपमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए। पक्राउ पर्नेमा नेविसंघका केन्द्रीय सदस्य भानु ढकाल, शंकर घिमिरे, संस्कृत क्याम्पस(बगर)  सभापति कमल पौडेल, विद्यार्थी नेताहरु लक्ष्मी पाण्डे, प्रकाश भट्टराई, सागर अधिकारी, उमा ठकुरी रहेका छन् ।

पक्राउ पर्नेहरु माथि थप अनुसन्धान भइरहेको डिएसपी गुरुङले बताए। सार्वजनिक बिदाका दिन चलाइएको भन्दै गएको शनिबार माघ १९ गते नेविसंघले पोखरा महानगर शिक्षा शाखाको गाडी जलाएको थियो। त्यसपछि प्रहरीले ५ जनालाई पक्राउ गरेको थियो । २ जना छुटेपनि परशुराम बस्नेत, डिफान भुजेल र विनय पौडेलविरुद्ध प्रहरीले उपद्रव मुद्दा अदालतमा दायर गरेको छ।


सम्बन्धित समाचार