fbpx

वर्षाका कारण पोखरा कपको सेमिफाइनल खेल स्थगित



नेपालबहस संवाददाता
 




कास्की । आज बिहानैदेखि पानी परेको कारण पोखरामा जारी मनकामना केबलकार पोखरा कप २०७५ अन्तर्गतको पहिलो सेमिफाइनल खेल स्थगित भएको छ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब र जापानको रिस्सो युनिभर्सिटीबीच  अाज  हुने भनिएको खेल पानीका कारण हुन नसकेको हो । स्थगित भएको खेल शुक्रबार खेलाइने एन्फा, कास्कीका महासचिव रमेश कार्कीले जानकारी दिए ।

‘मैदानमा पानीको मात्रा धेरै भयो, यस्तो अवस्थामा खेल्न खेलाडीलाई पनि गाह्रो हुने भएकोले स्थगित गर्नुपर्‍यो’, उनले भने मनकामना केबलकार पोखरा कप २०७५ अन्तर्गत दोश्रो सेमिफाइनल डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब र क्यामरुनको डाफिन्स फ्यामिली टिमबीच हुनेछ ।


सम्बन्धित समाचार