fbpx

बुहारीले ढुंग्रोले हिर्काउँदा ससुराको मृत्यु



नेपालबहस संवाददाता
 




 ओखलढुङ्गा । बुहारीले फलामको ढुंग्रोले हिर्काउँदा सिद्धिचरण नगरपालिका ४ रुम्जाटारमा ससुराको मृत्यु भएको छ । स्थानीय ३० वर्षकी तारादेवी गुरुङले फलामको ढुंग्रोले हिर्काउँदा ससुरा ७० वर्षीय रामकाजी गुरुङको मृत्यु भएको हो ।

प्रहरीले आज विहान तारादेवीलाई पक्राउ गरेको छ । अंशबण्डाको बिषयमा विवाद हुँदा तारादेवीले ससुराको टाउकोमा फलामको ढुंग्रोले हिर्काएको प्रहरीले बताएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।


सम्बन्धित समाचार