fbpx

भारतबाट १ सय ७९ जनाको उद्दार



नेपालबहस संवाददाता
 




काठमाडौं । नेपालका विभिन्न जिल्लाबाट वैदेशिक रोजगारीको सिलसिलामा भारतको मनिपुरस्थित इनफाल पुर्याइएका १ सय ७९ जनालाई उद्दार गरिएको छ । जसमा ३२ पुरुष र १ सय ४७ जना महिला रहेका छन् । भारतीय प्रहरीको सहयोगमा नयाँ दिल्लीस्थित नेपाली राजदुतावासका काउन्सुलर सहचरी  नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश अधिकारीको टोलीले उनीहरुको उद्दार गरेको हो ।

उद्दार गरिएकाहरुलाई नेपाल ल्याउने आवश्यक प्रक्रिया भइरहेको र यस सम्बन्धमा थप अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरु मानव तस्करको प्रलोभनमा परेर तेस्रो मुलुक जानका लागि भारत पुगेको प्रहरीको आशंका छ ।

यसैबीच आफ्नै ससुरा ७० वर्षीय रामकाजी गुरुङलाई फलामको ढुङग्रोले टाउकोमा हानी हत्या गरेको अभियोगमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका ४ रुम्जाटार बस्ने ३० वर्षीया तारादेबी गुरुङलाई आज बिहान प्रहरीले पक्राउ गरेको छ ।

अंशबण्डाको बिषयमा विवाद हुँदा आफ्नै ससुरा रामकाजीलाई फलामको ढुङग्रोले टाउकोमा हानी हत्या गरेको खबर प्राप्त भए पश्चाकत खटिएको प्रहरीले तारादेबीलाई पक्राउ गरेको हो ।


सम्बन्धित समाचार