fbpx

सरकारले सीएमसीसँगको ठेक्का सम्झौता तोड्याे , मेलम्ची आयोजना संकटमा



नेपालबहस संवाददाता
 




काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुख्य ठेकेदार कम्पनी सीएमसी दि रेभिना कम्पनीसँग सरकारले ठेक्का सम्झौता तोडेको छ ।

बुधबार सिंगापुरमा भएको वार्ता सकारात्मक नभएपछि सीएमसीसँगको ठेक्का तोडिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।काम पूरा नगरी हिँडेको सीएमसीलाई जवाफ पेश गर्न माघ ६ गते १४ दिनको समय दिइएको तर कम्पनीले चित्तबुझ्दो जवाफ नदिएको र पटक पटकका वार्तामा गैरजिम्मेवारपूर्वक प्रस्तुत भएकाले ठेक्का सम्झौता तोडिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । सीएमसीसँगको ठेक्का तोडिएसँगै मेलम्ची योजना थप संकटमा परेको छ ।


सम्बन्धित समाचार