fbpx

साउदी राजकुमारले पत्रकार खशोग्गीलाई ‘गोलीले उडाइदिन्छु’ भनेका थिए : अमेरिका



नेपालबहस संवाददाता
 




एजेन्सी । साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सलमानले आफ्ना एक वरिष्ठ सहयोगीसँग पत्रकार जमाल खशोग्गीलाई ‘गोली हान्दिन्छु’ भनेको अमेरिकी सञ्चार माध्यमले जनाएको छ ।अमेरिकी समाचारपत्र न्यूयोर्क टाइम्सले अमेरिकी गुप्तचर संस्थालाई उद्धृत गर्दै यो समाचार छापेको छ ।

न्यूयोर्क टाइम्सका अनुसार राजकुमार सलमानले खशोग्गीको हत्या हुनुभन्दा ठीक एक वर्ष पहिले इस्तानबुलमा रहेको साउदी दूतावासका एक वरिष्ठ अधिकारीसँग खशोग्गीको हत्याका बारेमा कुरा गरेका थिए । अखबारले अमेरिकी गुप्तचर संसारभरले मित्रराष्ट्र तथा शत्रु राष्ट्र सबैका नेताहरुको कुराकानी रेकर्ड गर्दछ । साउदी राजकुमार र दूतावासका अधिकारीबीचको कुराकानी पनि अमेरिकी गुप्तचर अधिकारीहरुसँग पुगेको अखबारले जनाएको छ ।

खशोग्गी हत्या प्रकरणको अनुसन्धानका क्रममा यो संवाद ट्रान्सक्राइब गरिएको बताइएको छ । अखबारका अनुसार यो संवाद राजकुमार सलमान र अधिकारीबीच सेप्टेम्बर २०१७ मा भएको थियो । गएको अक्टोबर २ तारिखका दिन टर्कीमा रहेको साउदी दूतावासभित्रै पत्रकार जमाल खशोग्गीको हत्या भएको थियो । हत्यामा साउदी राजकुमारको पनि संलग्नता रहेको आशंका गरिएको छ । पत्रकार खशोग्गी साउदी सरकारका कट्टर आलोचक मानिन्थे ।


सम्बन्धित समाचार