fbpx

कारबाहीमा परेका इन्स्पेक्टरलाई सरकारले दियो ‘पुरस्कार’



नेपालबहस संवाददाता
 




काठमाडौं । प्रहरी प्रधान कार्यालयले कारबाहीमा परेको प्रहरी निरीक्षकलाई आकर्षक पोस्टिङ दिएको भेटिएको छ । धनुषास्थित इलाका प्रहरी कार्यालय, सखुवा, महेन्द्रनगरमा नसियत पाएका प्रहरी निरीक्षक अरुण कुशवाहलाई इञ्चार्जको जिम्मेवारी दिइएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठको जोडबलमा कुशवाहलाई मकवानपुरको औद्योगिक क्षेत्र पशुपतिनगरस्थित इलाका प्रहरी कार्यालयको इञ्चार्ज दिइएको छ ।

कुशवाहले महेन्द्रनगरमा रहँदा ११ मंसिरमा नसियत पाएका थिए । जिल्लाबाट अनुगमनमा खटिएको टोलीसँग दुर्व्यवहार र सही ढंगले कार्यसम्पादन नगरेको आरोपमा उनीमाथि कारबाही भएको थियो ।


सम्बन्धित समाचार