fbpx

सुनसहित २ जना पक्राउ



नेपालबहस संवाददाता
 




काठमाडौं । प्रहरीले अवैध रुपमा सुन तस्करी गर्ने २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सप्तरी भर भएका २० वर्षीय सन्तोस यादव र धनुषा घर भएका २५ वर्षीय समिफ साफी रहेका छन् । वैदेशिक रोगारीको सिलसिलामा विदेश गएका कामदारहरुलाई प्रयोग गरी विमानस्थलबाट भन्सार छली सुनका गरगहना तस्करी गर्ने गरेको गोप्य सूचनाको आधारमा उनीहरुलाई महानगरीय प्रहरी वृत गौशालाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

तिलगंगास्थित बसपार्कमा बतारबाट आएका व्यक्तिहरु उपर शंका लागि उनीहरुलाई खानतलासी गर्दा ५०/५० ग्राम तौल भएका सुनका ७ थान बाला अर्थात ३५० ग्राम सुन बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान गरी आवश्यक कारबाही गरिने प्रहरीले बताएको छ ।


सम्बन्धित समाचार