fbpx

शनिबार पनि बिहानदेखि पानी पर्ने क्रम जारी, झरीको सम्भावना कम



नेपालबहस संवाददाता
 




काठमाडौं । देशका धेरै ठाउँमा शनिबार पनि बिहानदेखि नै पानी परिरहेको छ । केही ठाउँमा पानी पर्न रोकिए पनि शनिबार राति फेरि पानी पर्ने मौसमविद्ले जानकारी दिए । उनका अनुसार अब लगातार झरीको सम्भावना भने छैन ।

आज बिहान पनि देशका धेरै क्षेत्रमा पानी पर्ने तर दिउँसोदेखि मौसम खुल्दै छ । आइतबार भने देशभरकै मौसम सफा भइ घाम लाग्ने अनुमान गरिएको छ ।

यसैबीच पानी र हिमपात भएसँगै देशभरकै जनजीवन प्रभावित भएको छ । विशेषगरी भूकम्प प्रभावित जिल्लामा अस्थाई टहरामा बसेकालाई थप समस्या भएको छ ।

तर आलु, काउली, बन्दा, गहुँलगायतको बालीलाई यो वर्षाले राम्रो हुने र उत्पादन बढ्ने भन्दै किसान उत्साहित भएका छन् ।

डाक्टरले भने चिसोले शरीरको रक्तसञ्चारमा असर पुग्ने भन्दै न्यानो लुगा लगाउन, मनतातो खाना खान, तातो पानी पिउन, खाली खुट्टा नहिँड्न, कानमा हावा पस्न नदिन, बालबालिकालाई तातो ठाउँमा राख्न तर एक्लै भने नछोड्न सुझाव दिएका छन् ।


सम्बन्धित समाचार