fbpx

ट्राफिक अपडेट: २४ घण्टामा ६ सय ९७ वटा सवारी साधन कारवाहीमा



नेपालबहस संवाददाता
 




इटहरी । प्रदेश १ नं का १४ जिल्लामा २४ घण्टामा ६ सय ९७ वटा सवारी साधन कारवाहीमा परेका छन । शुक्रबार बिहानदेखि शनिबार आज विहान ६ बजे सम्म १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय तथा मातहत कार्यालयहरु समेतबाट ६९७ वटा सवारी नियम उल्लंघन गर्ने सवारी साधन कारवाहीमा परेका हुन ।

जस अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने २३ जना, छतमा लगेज १ जना, मोटरसाईकलमा ३ जना चढेर यात्रा गर्ने १० जना, विना हेल्मेट मोटरसाईकल चलाउने ६ जना, क्षमता भन्दा बढी मालसामान ढुवानी गर्ने ९८ जना, सवारी चालक अनुमति पत्र नभएका ३५ जना, सवारी चालक अनुमति नभएकालाई सवारी साधन चलाउन दिन २४ जना, जथाभावी पार्किङ्ग गर्ने २८ जना, रोक्न निषेधमा सवारी साधन रोकेको ५८ जना, पार्किङ्ग निषेधमा सवारी साधन पार्किङ्ग गरेको १२ जना, सुरक्षा पेटी नबाधेको १४ जना, कागज पत्र साथमा नराखेको १५४ जना, ट्राफिक ईशारा उल्लघंन गरेको ८ जना, सवारी साधनको बत्तीको अवस्था ठिक नभएको २७ जना, तिब्रगतिमा सवारी चलाएको २२ जना, हर्न निषेधमा हर्न बजाएको १ जना, ढोका खुल्ला गरी सवारी साधन चलाएको २२ जना, हद भन्दा बढी मालसामान ढुवानी गरेको ४६ जना, लापरवाही साथ सवारी साधन चलाएको १०४ जना, रुट परमिट बिना सवारी चलाएको ५ जना गरी जम्मा छ सय सन्तानब्बे जना सवारी चालक तथा धनीहरु ट्राफिक कारवाहीमा परेका छन ।

यसै गरी सवारी दुर्घटना न्यूनीकरणको लागि विभिन्न स्थानमा सचेतनामुलक कार्यक्रमहरु संचालन गरिएको छ । माघ २४ गते यस कार्यालय तथा मातहत समेतको १४ जिल्लामा दुर्घटना न्यूनीकरणको लागि विभिन्न सवारी चालक, सर्वसाधारण, विद्यार्थीहरुलाई ४६ वटा सचेतनामुलक कार्यक्रम संचालन गरी ११३५ जनालाई सचेतनामुलक प्रशिक्षण गर्नुका साथै ५९१ प्रति सचेतनामुलक पर्चा पम्प्लेट वितरण गरिएको थियो ।

शुक्रबार पनि ओभरटेक सम्बन्धि चालकलाई प्रशिक्षण दिनुका साथै ओभरटेक गर्दा साईड लाईटको सहि प्रयोग गर्ने सम्बन्धमा सडकमै नमुना भिडियो प्रस्तुत गरिएको थियो ।

सवारी दुर्घटनालाई बिश्लेशण गर्दा ओभरटेक गर्दा प्रयोग गर्ने लाईटबाट समेत हुने गरेको पाईएकोले डार्ईभिङ्ग सेन्टरका प्रशिक्षक यातायत सग सरोकारवाला निकायका प्रतिनिधि सवारी लगायत साधनहरुका चालक तथा सहचालक हरुलाई सवारी साधन गुडीरहेको अवस्थामा ओभरटेक गर्ने र ओभरटेक गर्न दिने सवारी साधनहरुमा साईट दिने तर्फको सवारी साधनले बाया तर्फको साईटलाईट बाली उचित स्थानमा मात्र साईड दिने र दाया तर्फको सवारीले दाहिने साईड लाईट बालेर मात्र ओभर टेक गर्ने र ओभर टेक गरी सके पछी बाया साईड लाईट बाली आफ्नो लेनमा जानुपर्ने अन्त राष्ट्रीय प्रचलन अनुसार चालकहरुलाफ नमुना देखाई प्रशिक्षण गरिएको छ ।

जि.झापा भद्रपुर नपा- ३ स्थित मोसा चालकहरुलाइ ट्राफिक नियम सम्बन्धी प्रशिक्षण गरिएको थियो ।

जिल्ला झापा कमल गाउपालीका ३ मा मोटर साइकल चालकहरुलाइ लेन अनुशासनको बारेमा प्रशिक्षण गरिएको थियो ।

जिल्ला झापा कनपा १ सुरुङ्गा पश्चिम बस स्टेण्ड स्थीत बसका यात्रुहरुलाई आफु जाने ठाउँको बस पहिचान गरेरमात्र बस चढन र सवार गर्दा ध्यान दिनुपर्ने कुराबारे प्रशिक्षण गरेको थियो ।

जि.झापा मेनपा-१३ चाराली चोक स्थीत टिप्पर चालक तथा व्यवसायिहरुलाई ट्राफिक नियम सम्बन्धी प्रशिक्षण गरेको थियो । जि.झापा भनपा ८ रजतजयन्ती चोकस्थित सवारी दुर्घटना न्युनिकरणको लागी विधार्थीहरुलाई ट्राफिक नियम सम्बन्धी प्रशिक्षण गरेको थियो ।

 

जि.झापा कन्काई नपा- ८ स्थित विभिन्न सवारी साधनका चालक तथा सहचालकहरुलाई ट्राफिक नियम सम्बन्धी प्रशिक्षण गरेको थियो । जि.झापा गौरिगञ्ज गापा-६ स्थीत पाडाजुङी गौरिगञ्ज सडक खण्डमा चल्ने टिप्पर चालकहरुलाई ट्राफिक नियम सम्बन्धी प्रशिक्षण गरेको थियो ।

जि झापा मेनपा १० स्थीत पुर्व पश्चिम राजमार्गमा चल्ने विभिन्न सवारी साधनका चालक तथा सहचालकहरुलाई ट्राफिक नियम सन्बन्धी प्रशिक्षण गरिएको प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिए ।


सम्बन्धित समाचार