fbpx

मौमस पूर्वानुमानः आजदेखि केही दिन सबैतिर घमाइला हुने



नेपालबहस संवाददाता
 




काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबारदेखि देशैभर मौसममा सुधार आउने जनाएको छ । पश्चिमी वायुको प्रभाव घटेको कारण आइतबार आज पछिका केही दिन सबैतिर घमाइला हुने भएका छन् ।

पश्चिम र मध्य भागमा शनिबार दिउँसोदेखि सुधार आएपनि पूर्वी भागमा साँझसम्मै पानी परेको थियो । यस पटकको मौसमी प्रणाली पहिलेभन्दा बलियो भएकाले सबैतिर वर्षा र हिमपात भएको विज्ञको भनाई छ ।

महाशाखाका अनुसार योपल्टको हिउँदे वर्षा विगतको भन्दा बढी हो । डिसेम्बरदेखि फेब्रुअरीसम्म तीन महिना हिउँदे वर्षा हुन गरेको छ ।

फेब्रुअरीमा काठमाडौँमा औसतमा १८.७ मिलिमिटर वर्षा हुने गरेकोमा यो वर्ष ८ दिनमै दोब्बरभन्दा बढी ९४२.५ मिमि. पानी परिसकेको छ ।


सम्बन्धित समाचार