fbpx

बुढासुब्बा गोल्डकप: उद्घाटन खेलमा संकटा क्लब र मेची नेत्रालय भिड्दै



नेपालबहस संवाददाता
 




काठमाडौं । बुढासुब्बा गोल्डकपको नयाँ खेल तालिका सार्वजनीक भएको छ । बर्षाका कारण शनिबार पहिलो दिनको खेल प्रभावित भएपछि आयोजकले नयाँ खेल तालिका सार्वजनीक गरेको हो ।

नयाँ तालिका अनुसार आज ‘आईतबार’ संकटा क्लब र मेची नेत्रालयबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा भोली ९सोमबार० पुलिस र साहारा क्लब भिड्नेछन् ।

मंगलबार धरान र भारतको कोलकत्ताको टिम प्रतिस्पर्धा गर्दा बुधबार एपीएफ र क्यामरुनको दाउफिन्स भिड्नेछन् ।फागुन ४ गतेसम्म चल्ने प्रतियोगिताका सबै खेल धरान रंगशालामा हुनेछ ।

धरान फुटबल क्लबको आयोजनामा भएको प्रतियोगितामा ८ टिम सहभागी रहेका छन् । विजेताले ८ लाख पाउनेछ । यस्तै उपविजेता टिमले ४ लाख प्राँप्त गर्नेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले होण्डाको स्कुटर प्राप्त गर्नेछ । सर्बाधिक गोलकर्ताले ३५ हजार पाउनेछ । प्रतियोगिताका विधागत तर्फका गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले नगद २५ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन् ।

यस्तै उदयमान खेलाडीले १५ हजार पाउनेछ । यस पटक आयोजकले गोल्डकप प्रतियोगिता हेर्न आउने एक भाग्यशाली दर्शकलाई एउटा बाइक प्रदान गर्ने आयोजकले बताएको छ ।


सम्बन्धित समाचार