fbpx

वृद्धभत्ता पाँच हजार दिनबाट सरकार हच्किएको छैन : उपप्रधानमन्त्री पोखरेल



नेपालबहस संवाददाता
 




काठमाडौं । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले मासिक ५ हजार वृद्ध भत्ता दिने प्रतिवद्धताबाट सरकारपछि नहटेको बताएका छन्। उपप्रधानमन्त्री पोखरेलले पार्टीको चुनावी घोषणा पत्र र सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको मासिक पाँच हजार वृद्धभत्ता दिने प्रतिवद्धता सरकारले आफ्नो कार्यकालमा पूरा गर्ने बताएका हुन।

उनले सरकारले सूरुवाती कालमा वृद्धहरुका लागि १ लाखको स्वास्थ्य विमा कार्यक्रम सुरु गरेको र अव मासिक पाँच हजार भत्ता दिने कामलाई सुरु गर्ने पनि स्पष्ट पारे।उनले सरकारले रोजगारीको अवसर सृजना गर्नका लागि यही फागुन १ गते विशेष कार्यक्रमका बीच ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को घोषणा गर्न लागेको जानकारी पनि दिए।

आज चण्डोलस्थित काठमाडौं महानगरपालिकाको वडा कार्यालय भवन उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले केहीले भनेजस्तो सरकार चुनावी घोषणा पत्र र आफ्नो नीति तथा कार्यक्रममा गरिएको प्रतिवद्धताबाट पछि नहटेको दावी पनि गरे। उपप्रधानमन्त्री पोखरेलले निर्वाचनका बेला जनतासँग गरिएको प्रतिवद्धतालाई सरकारले तलमाथि हुन नदिने पनि दोहोर्‍याए।


सम्बन्धित समाचार