fbpx

मुलुकको अर्थतन्त्र डामाडोल : कांग्रेस  नेता खड्का



नेपालबहस संवाददाता
 




काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस  नेता डा. नारायण खड्काले वर्तमान सरकारको एक वर्षे कार्यकाल पूर्णरुपमा असफल भएको बताएका छन् । रिपोर्टस क्लवमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता खड्काले भने, ‘अहिले मुलुकको अर्थतन्त्र डामाडोल छ । यो ५ महिनामा ५ खर्ब ६९ अर्बको व्यापार घाटा छ ।

निजी क्षेत्रको पनि त्यस्तै समस्या छ ।’ दुई तिहाईको सरकारले उत्ताउलो कुरा गरिरहेको भन्दै नेता खड्काले अघि भने, ‘जनताका आधारभूत कुराहरु यो सरकारले पूरा गर्न सकेको छैन् । सरकारको यो एक वर्षको पफर्मेन्स होपलेस  निराशाजनक  छ ।’मुलुकको अर्थतन्त्र यस्तै रहिरहे अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक र दातृ निकायहरुसँग ऋण माँगेर धन्ने दिन आउनसक्ने खतरा पनि खड्काले औंल्याए ।


सम्बन्धित समाचार