fbpx

बीपी उद्यान : तीनै तहका सरकारलाई कांग्रेसको यस्तो चेतावनी



नेपालबहस संवाददाता
 




काठमाडौं । नेपाली कांग्रेसले वीरगञ्ज महानगरपालिकामा बीपी उद्यान नबनाइए थेग्नै नसक्ने गरी सडक र सदनबाट विरोध गर्ने भन्दै केन्द्र, प्रदेश र स्थानीय तीनै तहका सरकारलाई चेतावनी दिएको छ ।

वीपी उद्यान बनाउन भनी करोडौं रुपयाँमा खरिद गरिएको जग्गामा अर्कै पार्क बनाउने षड्यन्त्र भएको भन्दै काँग्रेसले आपत्ति जनाएको हो ।

काग्रेस प्रवक्ता बिश्वप्रकाश शर्माले आइतबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दे बिपी कोइरालाको नाममा वीरगन्जमा गर्ने निश्चित भएको बिपी उद्यानको नाम परिवर्तन गर्ने प्रयत्नका साथ हालै गरिएको शिलान्यास कार्यक्रमप्रति आपत्ती जनाएका हुन् ।

उद्यानको जग्गामा सहिद पार्क बनाउने भन्दै गत माघ १६ गते प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शिलान्यास गरेका थिए । कांग्रेसले केन्द्रीय सरकारको जानकारी बेगर यस्तो प्रक्रिया अघि नबढेको भन्दै सो कार्य तत्काल सच्याउन माग गरे ।

उहाले तत्काल उक्त कार्य नसच्चाए सदन र सडकबाट दबाब बढाउने चेतावनी दिए । पत्रकार सम्मेलनमा उद्यान निर्माणका लागि छुट्याइएको जग्गाको लालपुर्जा समेत सार्वजनिक गरिएको थियो ।


सम्बन्धित समाचार