fbpx

बुढासुब्बा गोल्डकप: एउटै खेलमा २२ गोल ! तर हारजित भएन



नेपालबहस संवाददाता
 




धरान । धरानमा आइतबारदेखि शुरु भएको २१औँ बुढासुब्बा गोल्डकपको उद्घाटन खेल स्थगित भएको छ । आइतबार दिउँसो सुरु भएको उद्घाटन खेलमा सीएमजी क्लब सङ्कटा र मेची नेत्रालय काँकरभिट्टाबीचको खेल स्थगित भएको हो ।

करिव दिउँसो ३ बजेर ५१ मिनेटमा सुरु भएको खेलमा मेची नेत्रालयका जर्सि न १४ का कर्ण लिम्बुले खेल सुरु भएको १० मिनेटमै दुर्लभ गोल गरेका थिए ।

यस्तै दोस्रो हाफको १४ मिनेटमा सीएमजी क्लब सङ्कटाका जर्सि १२ का जय गुरुङले गोल गरे । दोस्रो हाफको ४२ मिनेटमा नेत्रालयका जर्सि न ८ का सुजन उपरकोटीले गोल गरे । खेलको इन्जुरी समयको डेढ मिनेट बाकीमा संकटाले नेत्रालयलाई गोल फर्कायो

उद्घाटन शत्र लामो भएका कारण खेल ढिलो गरी शुरु भएको आयोजकले जनाएको छ । धरान रङ्गशालामा भएको खेलमा दुवै टिमले दुई–दुई गोल गरेका थिए ।

टाइब्रेकरमा पनि दुवै टिमका तर्फबाट चार÷चार गोल भएको थियो । अँध्यारो भएपछि खेल रोकिएको थियो । खेल सोमबार अहिले केही बेरमा टाइब्रेकरमार्फत टुङ्ग्याउने सहमति भएको आयोजकले जनाएको छ ।

यसअघि प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले गर्नुभएको थियो । सोमबार खेल नेपाल पुलिस क्लब र सहारा क्लबबीच हुने आयोजक क्लबका अध्यक्ष किशोर राईले जानकारी दिए ।


सम्बन्धित समाचार