fbpx

ट्राफिक अफडेट : ७ सय ९२ वटा सवारी साधन कारवाहीमा



नेपालबहस संवाददाता
 




इटहरी । प्रदेश न १ का १४ जिल्लामा २४ घण्टामा ७ सय ९२ वटा सवारी साधन कारवाहीमा परेका छन ।  प्रदेश ट्राफिक प्रहरी कार्यालय तथा मातहत कार्यालयहरु समेतबाट ७९२ वटा सवारी नियम उल्लंघन गर्ने सवारी साधन कारवाहीमा परेका हुन ।

जस अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने २४ जना, मोटरसाईकलमा ३ जना चढेर यात्रा गर्ने १६ जना, विना हेल्मेट मोटरसाईकल चलाउने ८ जना, क्षमता भन्दा बढी मालसामान ढुवानी गर्ने १११ जना, सवारी चालक अनुमति पत्र नभएका ३६ जना, सवारी चालक अनुमति नभएकालाई सवारी साधन चलाउन दिन २६ जना, जथाभावी पार्किङ्ग गर्ने ३० जना, रोक्न निषेधमा सवारी साधन रोकेको ७७ जना, पार्किङ्ग निषेधमा सवारी साधन पार्किङ्ग गरेको १२ जना, सुरक्षा पेटी नबाधेको १८ जना, कागज पत्र साथमा नराखेको १६१ जना, ट्राफिक ईशारा उल्लघंन गरेको ८ जना, सवारी साधनको बत्तीको अवस्था ठिक नभएको २८ जना, तिब्रगतिमा सवारी चलाएको २५ जना, हर्न निषेधमा हर्न बजाएको ५ जना, ढोका खुल्ला गरी सवारी साधन चलाएको २४ जना, हद भन्दा बढी मालसामान ढुवानी गरेको ४२ जना, लापरवाही साथ सवारी साधन चलाएको १४१ जना गरी जम्मा सात सय बयानब्बे जना सवारी चालक तथा धनीहरु ट्राफिक कारवाहीमा परेका छन ।

यसै गरी सवारी दुर्घटना न्यूनीकरणको लागि विभिन्न स्थानमा सचेतनामुलक कार्यक्रमहरु संचालन गरिएको छ । कार्यालय तथा मातहत समेतको १४ जिल्लामा दुर्घटना न्यूनीकरणको लागि विभिन्न सवारी चालक, सर्वसाधारण, विद्यार्थीहरुलाई ५८ वटा सचेतनामुलक कार्यक्रम संचालन गरी ११७५ जनालाई सचेतनामुलक प्रशिक्षण गर्नुका साथै १५० प्रति सचेतनामुलक पर्चा पम्प्लेट वितरण गरिएको थियो ।

यस्तै सशस्त्र प्रहरी बल नेपाल बाहिनी मुख्यालय सुनसरी नं. १ बाहिनीमा माघ २२ गतेबाट संचालन भएको सि.सं. २४७ सीमा सुरक्षा तथा भन्सार गस्ती तालिमका प्रशिक्षार्थीहरुलाई यस कार्यालयका प्रहरी निरीक्षक होमराज दाहालले सवारी तथा यातायात व्यवस्था ऐन, नियमावली, सवारी साधनको नम्बरिङ्ग विधी, सवारी साधनको कागज पत्र चेकजाँच गर्ने तरिका लगायत विविध ट्राफिक नियममा प्रशिक्षण गरेका छन् ।

यस्तै सुनसरी भासी १ तित्रिबना स्थित पूर्व पश्चिम राजमार्गमा सवारी दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले प्रहरी निरीक्षक ढुण्डी राज गिरीको कमाण्डमा खटिएको टोलीले तिब्र गतिमा सवारी चलाउने १० ‘दश’ जना सवारी चालकहरुलाई कारवाही गर्नुका साथै टिपर चालकहरुलाई ट्राफिक नियम सम्बन्धी प्रशिक्षण दिएका छन् ।

जिल्ला मोरङ पथरी शनिश्चरे १ स्थित पुर्व पश्चिम लोक मार्गमा साईकयात्रीई दुर्घटना न्यूनीकरण गर्ने उदेश्यले सडकमा सदैभरी लापरवाहि तरिकाले नचलाऔ ,दुर्घटना हुन बाट बचौ , ध्यान सडकमा केन्द्रीत गरौ, रातिको समयमा चम्किलो वा सेतो पोसक लगाई साईकल चलाऔ ,ट्राफिक नियम पालना गरौ भनी खुल्ला प्रशिक्षण गरेको थियो ।

दुर्घटना घटाऔ मान्छे बचाऔं अभियान अन्तर्गत  मोरङ वेलवारि न.पा. ३ पुरानो वेलवारि चोक स्थित पुर्ब पश्चिम् लोकमार्गमा चल्ने टिफर चालकहरू लाई संभावित सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि ओभर टेक गर्ने तरिका,साईड लाइटको प्रयोग, आफ्नो सवारी साधनको अवस्था दुरुस्त गर्ने, हुस्सुको समयमा बाक्लो कुहिरोका कारण दुर्घटना हुन गर्न नदिन फग लाइटको प्रयोग,सवारि चलाउदा अनिवार्य जुत्ताको प्रयोग गर्ने, बत्तीको प्रयोग, ब्रेक डिस्टेन्स लेन अनुशासन कायम गर्ने सम्बन्धी प्रशिक्षण गरेको थियो ।

 यस्तै सोमबार धनकुटा जिल्लाको बिभिन्न स्थानहरुमा दुई पाङ्ग्रे सवारी साधन र अन्य सवारी साधनहरु लाई तत्काल जनचेतना जगाउने उद्देश्यले सवारी चालकहरु लाई शुरक्षित सडक प्रयोग तथा मोटरसाईकल,स्कुटर चलाउदा सदैव गति सिमित गरी चलाउन, मोटरसाइकल,स्कुटर चलाउदा बढी जोखिम हुने भएको हुँदा दुर्घटना भएको अवस्थामा ज्यानै समेत जान सक्ने भएकोले आफ्नो सवारीलाई सदैव सजग भई सुरक्षित तरिकाले चलाउन, दुर्घटना बाट बच्ने र बचाउने उपाय लगायत विविध ट्राफिक नियम सम्बन्धी सडकमानै प्रशिक्षण कार्यक्रम गरेको थियो ।

यस्तै विराटनगर -३ राजबशी चोकमा ट्राफिक चिन्हहरुको बोड राखिएको प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईले बताए ।


सम्बन्धित समाचार