fbpx

शहीद पार्क बनाउने निर्णय परिवर्तन हुँदैन : मुख्यमन्त्री राउत



नेपालबहस संवाददाता
 




काठमाडौं । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबावु राउतले वीरगञ्जमा शहीद पार्क बनाउने निर्णय परिवर्तन नहुने बताएका छन् । कांग्रेसले वीरगञ्जस्थित वीपी उद्यानमा शहीद पार्क बनाउने निर्णय तत्काल फिर्ता नलिए आन्दोलन चर्काउने चेतावनी दिएका बेला मुख्यमन्त्री राउतले शहीद पार्क बनाउने निर्णय कुनै हालतमा परिवर्तन नहुने बताए । उनले सबै प्रक्रिया पूरा गरेर शहीद पार्क बनाउने निर्णय भएकोले त्यसमा अनावश्यक विरोध जनाइरहन आवश्यक नरहेको बताए ।

आइतबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले वीरगञ्जमा वीपी उद्यान निर्माण गर्ने भनि छुट्याइएको जग्गामा प्रदेश २ सरकारले शहीद स्मृति पार्क बनाउन लागेकोप्रति आपत्ति जनाउँदै यो निर्णय सच्च्याउन माग गरेका थिए । प्रवक्ता शर्माले पत्रकार सम्मेलनमार्फत निर्णय तत्काल नसच्याए कांग्रेस कडा रुपमा उत्रिने चेतावनी दिएका थिए । हाल उक्त जग्गा वीरगञ्ज महानगरपालिकाको स्वामित्वमा छ ।


सम्बन्धित समाचार